धादिङ जिल्ला अधिवेशनमा कुटाकुटपछि एमाले केन्द्रको हस्तक्षेप


काठमाडौँ । नेकपा एमाले धादिङ जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले हस्तक्षेप गरेको छ । नेताहरूबिच गुटको विवाद चर्किँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षका नेताहरूलाई काठमाडौँ बोलाएर संगठन विभागको प्रत्यक्ष अनुगमनमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीको निर्देशनसँगै रोकिएको अधिवेशनको बन्दसत्र मंलबारबाट सुरु हुने भएको छ । नेकपा एमाले नवौँ जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सोमबार बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र मंगलबारबाट सुरु हुने जानकारी दिए ।

यसअघि आइतबार अध्यक्ष देवकोटासहितका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीले विवादका विषय निरूपण गरेर अधिवेशन सम्पन्न गर्न निर्देशन दिएपछि सोमबार दिनभर विवादका विषयमा नेताहरूबिच सहमति कायम गर्ने र मंगलबारबाट बन्दसत्र सुरु गर्ने बुझिएको छ ।

425854630_7185228011515498_5389101411547838052_n

‘विधिसम्मत अधिवेशन गर्नु । नमिलेका कुरा संगठन विभागको नेतृत्वमा छानबिन गर्नु’, अध्यक्ष ओलीको निर्देशन उद्धृत गर्दै एक नेताले भने, ‘अब केन्द्रीय संगठन विभागको प्रत्यक्ष निगरानीमा अधिवेशन हुन्छ ।’


प्रकाशित मिति : २०८० माघ २२, सोमबार गते

धेरै पढिएको

ताजा समाचार