चाडपर्वका नाममा विद्यार्थीलाई विद्यालयले फरक-फरक पोसाक किन्न बाध्य पारे काठमाडौं महानगरले कारबाही गर्ने


काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ।

विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्।

परिपत्रविपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।


प्रकाशित मिति : २०८० पुष ६, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार