अस्ट्रेलियाले जनवरीदेखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध


सिड्नी । अस्ट्रेलियाले जनवरीदेखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने भएको छ । बालबालिकालाई निकोटिनको कुलतबाट जोगाउन यो कदम चालिएको हो ।

एक चोटि प्रयोग हुने भेपको उत्पादन, विज्ञापन र आयातमा रोक लगाउन नयाँ कानुनसमेत ल्याउने तयारी गरिएको छ । भेपलाई पूर्णरुपमा रोक लगाउनका लागि सरकारले यो उपाय अपनाएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

भेपलाई धूम्रपान छाड्ने उपायका रूपमा प्रचार गरिए पनि अस्ट्रेलियाको स्वास्थ्य मन्त्रालयले भने यसले निकोटिनको लतमा फसेको नयाँ पुस्ता तयार गरिरहेको बताएको छ । भेप वा ई–सिगरेट लिथियम ब्याट्रीबाट चल्ने यन्त्र यो जसमा निकोटिन र कृत्रिम स्वाद भएको निकोटिन र अन्य रसायनयुक्त तरल पदार्थ हुन्छ ।

अस्ट्रेलियामा सन् २०२१ देखि डाक्टरको प्रेस्कृप्सन बिना ई–सिगरेट वा भेप किन्न र आयात गर्न प्रतिबन्ध छ । यसका बाबजुद भेपमा लत लाग्ने दर उच्च रूपमा वृद्धि भएको पाइएको छ ।


प्रकाशित मिति : २०८० मंसिर १२, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार