नेपाली ग्याजेट्स बजारमा नयाँ ब्राण्ड थपिएको छ । क्यामियो, कतै सुने झैं लाग्ने यो ब्राण्ड नेपाली बजारमा मोबाईल चार्जर तथा केबुल लिएर प्रवेश गरेको केही महिना भने भईसकेको छ । यद्धपी आधिकारीक प्रवेशको घोषणा भने हालै मात्र गरेको हो ।
दशैंको मुखैमा गुणस्तरीय इअरबडस् केमियो फायर १०० का साथमा नेपाली बजारमा औपचारीक प्रवेशको घोषणा कम्पनीले गरेको हो । वायरलेस फ्रिडम नारा दिएर नेपाली बजारमा मूल्यमा किफायती तर उच्च गुणस्तरका मोबाईल एक्सेसोरीजको विक्री वितरणको अभिप्रायका साथ केमियो नेपाली बजारमा औपचारीक रुपमा लन्च गरिएको हो ।
३० दिनको स्ट्याण्डबाई टाईम सहितको ४० घण्टाको प्लेब्याक टाईम फायर १०० मा एचडी क्वालिटी साउण्ड आउटपुट रहेको छ । स्विट एण्ड डस्ट रेसिस्टेन्ट यो इअरबड सामान्य पसिना र धुलोले विगार्दैन भने यसमा ब्लुतुथ ५.३ रहेकोले कुनै पनि मोबाईल सँग तुरुन्तै कनेक्ट हुन्छ भने यसबाट प्रवाहहुने अडियो क्वालिटी पनि उच्च रहने कम्पनीले जनाएको छ । भ्वाईस असिस्टेन्स इन्टिग्रेट गरिएको फायर १०० मा रहेको आर्टिफिसिलय इन्टेलिजेन्स सहितको नोईज क्यान्सिलेसन फिचर पनि रहेको छ ।
आकर्षक डिजाईन, ४० घण्टाको प्लेब्याक टाईम, एआई इन्टिग्रेसन जस्ता पक्षहरुले प्रतिस्पर्धीको भिडमा अलग राख्न सफल केमियो २ हजार चार सय उनान्सय रुपैंयामा दराज डटकममा उपलब्ध रहेको यो इअरबड्समा ६ महिनाको वारेन्टी प्रदान गरिएको छ ।