पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो


काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले ग्यासको प्रतिसिलिण्डरमा २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

यस्तै निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको छ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढेको निगमले जनाएको छ ।


प्रकाशित मिति : २०८० आश्विन १४, आईतवार गते

धेरै पढिएको

ताजा समाचार