काठमाडौ, सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज औपचारिक वार्ता हुँदै छ । यसअघि हिजोको दोस्रो वार्ता पनि निष्कर्षविहीन भएको थियो ।
बिहीबारको वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागी थिए ।
त्यस्तै, शिक्षकको तर्फबाट शिक्षक महासंघका पदाधिकारी रहेका थिए । उक्त बैठक विनानिष्कर्ष टुंगिएपछि आज औपचारिक वार्ता हुन लागेको हो ।
आज बिहान ८ बजेका लागि बैठक बोलाइएको छ । सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेपछि विधेयकमा रहेको प्रावधानप्रति आपत्ति जनाउँदै शिक्षक महासंघले आन्दोलन घोषणा गरेको हो ।