सामसङ्ग फ्ल्पिः फ्ल्पि योर बेटर साईड


फोल्डेबल फर्म फ्याक्टर भएको स्मार्टफोनको अनुपम नमूना हो, सामसङ्ग ग्यालेक्सी जेड फ्ल्पि । फ्लेक्जिबल स्क्रिनको विकास गर्दैगर्दा सामसङ्गले फ्ल्पि लाई म्याजिकल बनायो । सन् २०२० फेब्रुअरीमा लन्च गरिएको सामसङ्ग ग्यालेक्सी जेड फ्ल्पि सन् २०२३ को आगष्टमा पाँचौ सेरिजको रुपमा लन्च हुँदा निक्कै म्याचुअर्ड भएको छ । यस अवधिमा सामसङ्गले शोध तथा अनुसन्धानका क्षेत्रमा गरेका महत्वपूर्ण उपलब्धिहरुको फेहरीस्त लामै बनिसकेको छ ।

फ्ल्पि स्टायल मोबाईल, मोबाईल फोनको सुरुवाती दिनहरुमा फेसन स्टेटमेन्ट हुनेगथ्र्यो । त्यो एरालाई पुनर्ताजगी गर्न सामसङ्ग ग्यालेक्सी जेड फ्ल्पिले ठूलो भूमिका मात्र खेलेको छैन स्मार्टफोन प्रविधीमा विश्व कति समुन्नत बनिसक्यो भन्ने उदाहरण पनि पेश गरेको छ । ६ दशमलब ७ इन्चको डाइनामिक एमोलेड स्क्रिन पट्याएर खुत्रुक्क गोजीमा हाल्न मिल्ने फ्ल्पिको डिजाईन र फर्म फ्याक्टरसँग कुनै पनि ब्राण्डका फ्ल्यागसिप स्मार्टफोनले प्रतिस्पर्धा गर्नै सक्दैनन् भन्नु अतियुक्ती नहोला ।

जेड फ्ल्पि सामसङ्गको डिजाईन र इन्नोभेसनको प्रत्युत्तर हो । स्मल अन साईज, विग अन पर्सनालिटी भनेर सामसङ्गले प्रबद्र्धन गरिरहेको फ्ल्पि निक्कै क्युट स्मार्टफोन हो । फ्ल्यागसिप परफरमेन्सका साथमा आउने फ्ल्पिको प्रमुख विशेषता यसको आकार भएपनि फोल्डेबल प्रविधीले यसको प्रयोगमा दिएको असिमित फ्लेक्जिविलिटीलाई उपभोक्ताले आखाँ चिम्लिएर प्रसंसा गर्दै आएका छन् । सामसङ्ग फ्ल्पिको सफलताबाट लोभिएका प्रतिस्पर्धीहरुले फ्ल्पि जस्तै देखिने स्मार्टफोन विश्वबजारमा भटाभट ल्याउन थाले पनि टिकाउ र परफरमेन्स दुवैमा सामसङ्गले प्रतिस्पर्धीलाई निक्कै पछाडि छाड्दै आएको छ ।

फ्ल्पि फाईभ सम्म आईपुग्दा

फ्ल्पिको यो पाँचौ संस्करणमा भर्खरै विश्वबजारमा आईरहँदा यसको कोर डिएनए र डिजाइनलाई आत्मसाथ गर्दै यसमा निहित प्राविधिक पक्षमा गरिएका स्तरोन्नती र इन्नोभेसन अत्यन्तै प्रसंसनिय छन् । पावर र परफरमेन्समा फ्ल्पिमा भएका स्तरोन्नती उल्लेख्य रहेका छन् । आईपिएक्स एट वाटर रेसिस्टेन्ट बनिसकेको फ्ल्पिमा पछिल्लो पुस्ताको स्न्यापड्रागन एट जेन टु प्रोसेसर प्रयोग गरिएको छ भने ३ हजार सात सय मिलिएम्पियरको विशाल ब्याट्रिको प्रयोग यसमा भएको छ ।

 

स्क्रिन

फ्ल्पि फाईभलाई अधिल्लो पुस्ता भन्दा पूर्णतया पृथक पहिचान दिलाउन यसको कभर डिस्प्लेका रुपमा प्रयोग गरिएको स्क्रिनको महत्वपूर्ण भूमिका रहेको छ । गोरिल्ला भिक्टस टु ग्लासको प्रयोग गरिएको ३ दशमलब ७ ईन्च ठूलो बाहिरी डिस्प्लेले फ्ल्पिलाई फोल्ड भएकै अवस्थामा मज्जाले प्रयोग गर्न सकिने सक्षमता दिलाउँछ । यसको मूख्य डिस्प्लेको स्क्रिन टु बडी रेसियोमा फ्ल्पि फोरको तुलनामा बृद्धि भई झण्डै ८६ प्रतिशत पुगेको छ । १७५० निट्स्को पिक ब्राईटनेश भएको फोल्डेबल डाईनामीक टु एक्स एमोलेड स्क्रिनले प्रयोगकर्तालाई पूर्णरुपमा फ्ल्यागसिप स्पमार्टफोन प्रयोगको अनुभूती दिलाउँछ ।

जम्मा १८७ ग्राम तौल भएको यो फोनमा आर्मर एल्मुनियम फ्रेमको प्रयोग गरिएको छ भने सामसङ्गको रिभुलेसनरी फोल्डेबल हिन्जका कारण पुर्ण रुपले विना ग्याप फोल्ड गर्न मिल्ने यो स्मार्टफोन अधिल्लो पुस्ताको तुलनमा अझ बढी स्लिम हुन सफल भएको छ ।

 

क्यामेरा

फोल्डेबल फोनको मोटाईका कारण क्यामेरा तर्फ अलिकता सम्झौता जस्तो देखिएपनि क्यामेरामा दिएको पिक्सेललाई सफ्टवेयरका माध्यमबाट मज्जाले कम्पोन्सेट गरेको छ । धेरै अन्य प्रतिस्पर्धीका फ्ल्यागसिपका तुलनामा बढी क्षमतावान् र गुणस्तरीय तस्विर निकल्न सक्ने फ्ल्पिमा १२ मेगापिक्सेलको डुअल पिक्सेल प्रविधिमा आधारीत मुख्य क्यामेरा र १२ मेगापिक्सेलकै वाईड एंगल क्यामेराको प्रयोग गरिएको छ जसले सहजै फोर के भिडियो समेत खिच्ने क्षमता राख्छ । सेल्फिका लागि मुख्य क्यामेरानै प्रयोग गर्न सकिने यो स्मार्टफोन विभिन्न एंगलमा विना ट्राईपोड प्रयोग गर्नसकिन्छ । १० मेगापिक्सेलको सेल्फि क्यामेरा पनि उत्तिकै क्षमतावान् छ, यसले पनि फोर के रिजुलेसनमा भिडियो खिच्नसक्छ ।

फिंगर प्रिन्ट सेन्सर, एक्सिलोमिटर, प्रोक्सिमिटी सेन्सर, कम्पास, ब्यारोमिटर, वायरलेस चार्जिङ्ग, रिभर्स वायरलेस चार्जिङ्ग, स्टेरियो स्पिकर लगायतका विशेषताहरुले यो एक स्मार्ट ग्याजेट बन्न कुनै कुराले रोकेको छैन । एण्डरोईड १३ मा उपलब्ध यो स्मार्टफोनले पाँच जेनेरेनस सफ्टवेयर अपडेट प्राप्त गर्ने सामसङ्गले बताएको छ ।

लक्षित बर्ग

ट्रेण्डी यूवा बर्गमा लक्षित यो स्मार्टफोन आजको स्मार्ट एरामा सजिलै फेसन स्टेटमेन्टको रुपमा स्थापित हुनुलाई सामसङ्गको ठूलो सफलताको रुपमा लिनसकिन्छ । डिजाईनका साथमा यसको कलर छनौटमा पनि समसङ्गले अपनाएको सावधानीवाट यसलाई सामसङ्गले ट्रेण्ड सेटिङ्गमा कुनै सम्झौताको गुञ्जायस नराखेको प्रष्टै देखिन्छ ।

 


प्रकाशित मिति : २०८० भाद्र १०, आईतवार गते

धेरै पढिएको

ताजा समाचार