घट्यो सार्वजनिक सवारीको भाडादर


काठमाण्डौ, स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलियम पदार्थको मूल्य घट्दा सार्वजनिक यातायातको भाडा पनि घटाएको छ।

स्वचालित प्रणालीअनुसार डिजेल र पेट्रोलको मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो।

स्वचालित प्रणालीअनुसार प्रतिलिटर डिजेलमा ४ रुपैयाँ र पेट्रोलमा ६ रुपैयाँ घटेको छ। यही आधारमा विभागले आजदेखि लागू हुने गरी यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत भाडा घटाएको छ।

यसैगरी मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ।


प्रकाशित मिति : २०८० श्रावण १, सोमबार गते

धेरै पढिएको

ताजा समाचार