काठमाडौं, पूर्वी र मध्य नेपालमा आज पनि भारी वर्षा हुने भएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, भोजपुर, इलाम लगायतका जिल्लामा ठूलो पानी पर्नेछ ।
यस्तै बाग्मती प्रदेशका सिन्धुली, नुवाकोट र बाग्मती तथा गण्डकी प्रदेशका लमजुङ्, कास्की र तनहुँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ताप्लेजुङ, पाँचथर र सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
यस्तै लामो समयसम्म खडेरी र तातोहावाले जनजीवन प्रभावित भएकव पश्चिम तराईका जिल्लामा पनि हल्का पानि पर्ने अनुमान गरिएको छ ।
अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले पश्चिमी क्षेत्रमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताएका छन् ।