मन्त्रिपरिषद् बैठकले पारित गर्यो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम


काठमाडौं, मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्। बैठक ४ बजेका लागि बोलाइएको छ ।

रासस


प्रकाशित मिति : २०८० जेष्ठ ५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार