काठमाडौँ। बाराकी अबोध बालिका गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे प्रतिनिधि सभाको बैठकमा चर्को आवाज उठाइएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीडितलाई न्याय दिनुको सट्टा स्टन्ट गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुबा–आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेकोप्रति कडा आपत्ति जनाए ।
‘हामी कस्तो समाज बनाउँदैछौँ ? जहाँ मृतकका बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र अर्कोतिर आरोपितले बोलेका कुराहरू सार्वजनिक गरिन्छ,’ आचार्यले भने, ’सरकारले विज्ञापन गर्ने होइन, न्याय दिने वातावरण बनाउनुपर्छ । यस्तो कार्य तत्काल बन्द गरियोस् ।’

