सिटिजन्स बैंक र दृश्य लाउन्जबीच समझदारी


काठमाडौ, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित दृश्य लाउन्जबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।


प्रकाशित मिति : २०८० जेष्ठ ३, बुधबार गते

धेरै पढिएको

ताजा समाचार