काठमाडौ, भारतबाट पेट्रोलियम पदार्थ सस्तिएर आएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् ।
भारतीय आयल निगमबाट पेट्रोल प्रतिलिटर ९ रूपैयाँ र डिजेल ८ रूपैयाँले घटेर आएको हो।
हाल पेट्रोल प्रतिलिटर एक सय ७५ र डिजेल प्रतिटिर एक सय ६५ रूपैयाँमा बिक्री भइरहेको छ।
नयाँ मूल्य सूचीअनुसार यहाँ पेट्रोल र डिजेलको बिक्री मूल्य कसरी निर्धारण गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी नै रहेको ठाकुरले बताए।
भारतीय आयल निगमले हरेक १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ।