उदयपुर, सरकारी उद्योग उदयपुर सिमेन्टले बिजुलीको पैसा नतिरेपछि विद्युत लाइन काटिएको छ।
नेपाल विद्युत प्राधिकरणले उदयपुर सिमेन्टले बक्यौता नतिरेकाले लाइन काटिएको जनाएको छ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार सो सिमेन्ट उद्योगले समयमा बिजुलीको बिल नतिरेकोले प्रक्रिया अनुसार नै लाइन काटिएको हो।