Rupesh Joshi
Director
Marketing, Sales & Ground Handling, Buddha Air
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कस्तो बन्यो ?
डिजाइनका हिसाबले आकर्षक बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा प्रदान गर्ने क्षमता राखेको बताइन्छ । टर्मिनल भवन आधुनिक र व्यवस्थित देखिन्छ । तर आन्तरिक उडानतर्फको प्रि डिपार्चर एरिया भने यो विमानस्थल पूर्ण क्षमतामा उपायेगमा आइनसक्दै साँघुरो नहोला भन्न सकिन्छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन भने पोखराको आवश्यकता र सम्भाव्य उडानको आंकलन गर्दा पर्याप्त रहेको अनुमान लगाउन सकिन्छ । एअरसाइड, रनवे र पार्किङ एरिया भने डिजाइन र निर्माणका हिसाबले निक्कै परिपक्व र उच्चस्तरीय बनेको हामीले महसुस गरेका छौं ।
यो विमानस्थलको उपादेयता कस्तो रहला ?
बजार साखको हिसाबले ६५ प्रतिशत पोखराको हवाई बजार ओगट्ने बुद्ध एअरका लागि यो विमानस्थल व्यावसायिकता अभिवृद्धिमा निक्कै सहायक बन्ने देखिन्छ । भएका विमान संख्या र बजारमा रहेको हाम्रो क्षमताका कारण यो विमानस्थलको सर्वाधिक बढी उपयोग पक्का पनि बुद्ध एअरले नै गर्छ । जहाँसम्म उपादेयताको प्रसंग छ, यो विमानस्थल आम पोखरेली जनता र पर्यटकीय आवश्यकता परिपूर्तिका लागि निक्कै महत्वपूर्ण पूर्वाधार भएकोमा सायदै कसैको दुईमत रहला ।
साविकको पोखरा विमानस्थलको तुलनामा यो विमानस्थलले कस्ता अवसरहरु थपेको छ ?
पुरानो विमानस्थल ३० वर्ष पुरानो संरचनामा आधारित थियो । पोखराको बढ्दो माग र हवाई चापलाई यसले धान्नसक्ने अवस्था थिएन । प्राविधिक रुपमा पनि पुरानो विमानस्थल निक्कै पुरानो थियो । पूर्णतया भीएफआर उडानमा निर्भर हुनुपर्ने बाध्यतामाझ पोखरामा लाग्ने हुस्सुले भिजिबिलिटी न्यून हुँदा दर्जनौं उडानहरु क्यान्सिल गर्नुपर्ने बाध्यता एकातर्फ थियो भने अवतरण तालिका मिलाउन बेलुका ३ बजेपछि नै कर्मचारी तथा पाइलटलाई दौडधुप हुने गथ्र्यो । यो नयाँ विमानस्थल आर्ईएफआर प्रविधिमा आधारित हुनुले ठूलो परिवर्तनको पक्षपोषण गरेको छ । रात्रिकालीन उडानको सम्भाव्यता खुला गरेको छ । पोखरामा थपिएको सहजतासँगै पोखरालाई देशका विभिन्न सहरहरुसँग प्रत्यक्ष जोड्न सकिने भएकाले काठमाडौंका आकाशमा हुने हवाइचापलाई समेत कम गर्न यो विमानस्थलले मद्धत पु¥याउने देखिन्छ । खुला र अत्याधुनिक टर्मिनल भवनले यात्रु सुविधामा प्रशस्तै बढोत्तरी भएको छ । रनवेको लम्बाई बढेको छ फलतः उडान तथा अवतरण सहज भएको छ । आकर्षक विमानस्थलले पोखराको आकर्षणमा थप बल पु¥याएको छ भने विदेशी पर्यटकको नजरमा देशको सम्पन्नतामा अभिवृद्धि भएको आभाष गराउँछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरले कसरी आफूलाई विस्तार गर्ने योजना बनाएको छ ?
पोखराको हवाई बजारको ६५ प्रतिशत बजार हिस्सा हामीले ओगट्दै आएको मैले अघि नै भनिसकें त्यसैले पनि यो हाम्रो रणनीतिक महत्वको गन्तव्य हो । पोखरा हाम्रो दोस्रो महत्वपूर्ण बेसको रुपमा यस विमानस्थलको सञ्चालनसँगै स्थापित हुनेछ । यस विमानस्थलबाट फेब्रुअरी २४ पछाडि आईएफआर उडान सुरु हुने विमानस्थल स्रोतले जनाएको छ । आईएफआर उडान सुरु भएसँगै काठमाडौंबाटै १५ वटा उडानको योजना बनाएका छौं भने भैरहवा, नेपालगन्ज, भद्रपुर र भरतपुरबाट समेत पोखरा हाम्रो उडान सञ्जालमा थपिनेछ । यसरी हामीले पोखराबाट दैनिक २० आन्तरिक उडानको योजना बनाएका छौं भने हामीले अन्तर्राष्ट्रिय उडानका लागि पनि पोखरा विमानस्थललाई केन्द्र बनाएका छौं । हामीले मार्च महिनाबाट बनारस हप्ताको तीन दिन, दिल्ली दैनिक २ उडान र देहरादुन साप्ताहिक रुपमा ३ उडानको लक्ष्य राखेका छौं । हामी यसका लागि भारतीय पक्षबाट आवश्यक रुट अनुमति पर्खिरहेका छौं । हाम्रो तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ । पोखरा विमानस्थलमा निर्भर भएर धेरै योजना बुन्न सकिने अवस्थामा हामी पुगिसकेका छैनौं । क्यालिब्रेसन लाइटका सम्पूर्ण तथ्याड्ढ, सुरुआती आन्तरिक उडानका अनुभव आदि केलाएर मात्र थप योजना बनाउन सकिन्छ ।
बुद्ध एअरले आनो िलटमा थप्ने योजना बनाएका न्यारोबडी जेट एअरक्राटको योजना कहाँ पुग्यो ?
बुद्ध एअर नेपालकै सर्वाधिक ठूलो िलट भएको वायुसेवा प्रदायक हो । हामीसँग अहिले १४ अत्याधुनिक विमानहरु सेवामा रहेका छन् । जसको समुचित प्रयोग नै अहिलेको हाम्रो पहिलो प्राथमिकता हो । हामी अहिले एटीआर विमानबाटै छिमेकी देशका गन्तव्यहरुमा उडान भरेर बजार परीक्षण गरेर मात्र जेट विमान खरिदमा जाने योजनामा रहेका छौं । हामीले हाल विद्यमान प्रतिस्पर्धा भएका रुटहरु छाडेर नयाँ किसमको रुट र ग्राहक लक्षित गरेका छौं । जसको परीक्षण सफल भई पर्याप्त यात्रु पाएपछि मात्र हामी जेट एअरक्राट भित्र्याउने छौं । अहिले भएकै विमानको अधिकतम उपयोग हाम्रो प्राथमिकता हो । पहिला नयाँ जेट थप्ने निक्कै चर्चा पनि चलेको थियो, जहाज ल्याउन बुद्ध एअरलाई ठूलो कुरा होइन, तर सजकता अपनाइएन भने यो नै संकटको कारण बन्नसक्छ भन्ने हामीले राम्रोसँग बुझेका छौं ।