दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत फिल्म ‘पुष्पा २’ लाई लिएर दर्शक उत्साहित छन्।
यसैबीच निर्माण टिमले अभिनेत्री रश्मिका मन्दनाको लुक्स सार्वजनिक गरेका छन्। रश्मिकाको २८ औं जन्मदिनको अवसरमा उक्त पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा रश्मिका हरियो सारीमा देखिएकी छन्।

निर्माण टिमले रश्मिकाको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘पुष्पा द रूलको टिम हाम्री श्रीवल्ली अर्थात रश्मिका मन्दनालाई जन्मदिनको शुभकामना दिन्छौं।’
अप्रिल ८ मा अल्लु अर्जुनको जन्मदिन हो। उनको जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक हुने बताइएको छ।

