अल हिलाल र अल नासरको जित


साउदी प्रो लिगका शीर्ष दुई टोली अल हिलाल र अल नासर विजयी भएका छन्।

शीर्ष स्थानको अल हिलालले अल खालिजलाई ४-१ ले पराजित गरेको‌ छ । क्रिस्टियानो रोनाल्डो सम्मानित दोस्रो स्थानको अल नासरले शुक्रबार अर्को खेलमा दमाक एफसीलाई हराएको थियो। एमकिर लापोर्टले इन्जुरी सयमको पहिलो मिनेटमा गरेको गोलमा अल नासर विजयी भऐको थियो ।

अल हिलालको जितमा माल्कमले २,सालेह अलशेश्री र अब्दुल्लाह अल हामदानले समान १ गोल गरेका थिए । त् अल खालिजकामोहमद शेरिफले गोल गरेका थिए ।

२७ खेलमा २५ जित र २ बराबरीसहित अपराजित रहेको अल हिलालको ७७ अंक भएको छ । समान खेलमा दोस्रो स्थानको अल नासरको ६५ अंक छ । २७ खेलमा दमाक ३५ अंकका साथ आठौं र ३४ अंकसहित अल खालिज नवौं स्थानमा छ।


प्रकाशित मिति : २०८० चैत्र २४, शनिबार गते

धेरै पढिएको

ताजा समाचार