यसकारण छाडे सलमान खानले करण जोहरको फिल्म


बलिउड अभिनेता सलमान खान फिल्म ‘द बुल’ लाई लिएर चर्चामा छन्।

यस फिल्मलाई करण जोहरले निर्माण गर्दैछन्। करणको धर्मा प्रोडक्सनबाट निर्माण हुने फिल्मलाई विष्णु वर्धनले निर्देशन गर्नेछन्। यस फिल्ममार्फत सलमान र करणले २५ वर्षपछि सहकार्य गर्न लागेका थिए। तर भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार सलमानले फिल्म छाडेका छन्।

Salman Khan did not leave Karan Johar's film the bull | सलमान खान ने नहीं  छोड़ी करण जौहर की फिल्म: फिल्म द बुल छोड़ने की खबर अफवाह, अगले साल फरवरी  में शुरू

यो फिल्म २०२३ नोभेम्बरमा छायांकन हुने भनिएको थियो तर छायांकनमा जान सकेन। अब फिल्म मेमा छायांकन हुने बताइएको छ।

तोकिएको समयमा छायांकन नभएपछि सलमानले फिल्म छाडेका हुन्। उनी यतिबेला साजिद नाडियाडवालाको फिल्ममा व्यस्त छन्। फिल्मको नाम भने तोकिएको छैन। यो फिल्म मेदेखि छायांकनमा जानेछ।

दुवै फिल्मको छायांकन मिति जुधेपछि सलमानले साजिदको फिल्मलाई प्राथमिकतामा राखेका हुन्।


प्रकाशित मिति : २०८० चैत्र २०, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार