म्यानचेस्टर सिटी र आर्सनलको गोलरहित बराबरी, लिभरपुल शीर्ष स्थानमा


इंग्लिश प्रिमियर लिग अन्तर्गत यस सिजनका दुई दावेदार टोली म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

धेरै नै प्रत्याशा सहित हेरिएको खेलमा दुवै टोलीले सोचेअनुरुप खेल पस्कन सकेनन् । दुवै टोलीले स्पष्ट मौकाहरु सिर्जना गर्न पनि सकेनन् ।

यो बराबरी भने लिभरपुलका लागि फाइदाजनक सावित भएको छ । आज नै भएको खेलमा ब्राईटन विरुद्ध पुनरागमन जित दर्ता गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

डयानी वेलबेकले दोस्रो मिनेटमा नै ब्राईटनलाई अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

यो सँगै शीर्ष स्थानमा रहेको लिभरपुलको २९ खेलमा ६७ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २९ खेलमा ६५ अंक छ ।

म्यानचेस्टर सिटी भने २९ खेलमा ६५ अंक सहित तेस्रो स्थानमा छ ।


प्रकाशित मिति : २०८० चैत्र १९, सोमबार गते

धेरै पढिएको

ताजा समाचार