न्यूकासललाई हराउँदै सिटी अन्तिम चारमा


म्यानचेस्टर सिटी एफए कपको अन्तिम चारमा पुगेको छ।

गएराति भएको अन्तिम आठको खेलमा न्यूकासललाई २-० गोलले पराजित गर्दै सिटी अन्तिम चारमा पुगेको हो।

सिटीको जितमा दुवै गोल बर्नान्डो शिल्भाले गरे। उनले दुवै गोल पहिलो  हाफमा गरेका थिए। खेलको १३ मिनेटमा पहिलो गोल गरेका उनले ३१ मिनेटमा अग्रता दोब्बर पारे।

कपमा आज म्यानचेस्टर युनाइटेड र लिभरपुल तथा चेल्सी र लेस्टरबीच खेल हुँदैछ।


प्रकाशित मिति : २०८० चैत्र ४, आईतवार गते

धेरै पढिएको

ताजा समाचार