नेपाल र मलेसिया खेल्दै


काठमाडौं (हाम्रो खेलकुद) – बहराइन विरुद्ध बहराइनमै हुने फिफा विश्वकप छनोट खेलको तयारीका लागि नेपाली पुरुष फुटबल टोलीले आज मलेसियाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे शाह आलम स्थित यूनिवर्सिटी टेक्नोलोजी मारा स्टेडियममा सुरु हुनेछ ।

खेल अनौपचारिक रूपमा बन्द स्टेडियममा हुने भएकाले समर्थकलाई प्रवेश खुला गरिएको छैन । यस्तै खेलको प्रतक्ष्य प्रसारण समेत नहुने एन्फाले जनाएको छ ।

नेपाली टोली बिहीबार नै मलेसिया प्रस्थान गरिसकेको छ । बंगलादेश हुँदै नेपाली टोली मलेसिया पुगेको हो । खेलाडी र प्रशिक्षक बाहेक १० जना पदाधिकारीको टोली समेत मलेसियामा रहेको छ ।

आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका खेलाडी बन्द प्रशिक्षणमा नै सामेल नभएपछि ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको घोषणा भएको थियो । यसरी पहिलो पटक टोलीमा समेटिएकामा अजय चौधरी, अभिषेक लिम्बु, सौभाग्य राई (सन्जित) , विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ छन् । भरत खवासले टोलीमा पुनरामगन गरेका छन् । प्रारम्भिक टोली मै नभएका भरत, सौभाग्य र अभिषेकलाई २३ सदस्यीय समेटिएको हो ।

May be an image of 7 people, people practicing yoga, people playing soccer and people playing football

नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भइसकेको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो ।

नेपाली फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ

मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की

May be an image of text that says 'FINAL SQUAD MALAYSIA FRIENDLY WORLD CUP QUALIFIER MATCHES GOALKEEPERS KIRAN KUMAR LIMBU, ABHISHEK BARAL, BISHAL SUNAR DEFENDERS ABHISHEK LIMBU, AJAY CHAUDHARY, ANANTA TAMANG, CHHIRING LAMA, SANISH SHRESTHA, SAUBHAGYA RAI, SUMIT SHRESTHA MIDFIELDERS BHARAT KHAWAS, BISHAL BASNET, LAKEN LIMBU, MANI KUMAR LAMA, MANISH DANGI, ROHAN KARKI, UTSAB RAI FORWARDS ANJAN BISTA, DINESH HENJAN, HISHUB THAPALIYA, SAMIR TAMANG, SANJEEB BISTA, GILLESPYE JUNG KARKI HEAD COACH VINCENZO ALBERT ANNESE'


प्रकाशित मिति : २०८० चैत्र २, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार