अभिनेत्री रेखा थापा बनिन् आमा, छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी


अभिनेत्री रेखा थापा आमा बनेकी छन्।

उनी शुक्रबार अमेरिकामा आमा बनेकी हुन्। उनले आफ्नो पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छन्।

रेखाले आफू आमा बनेको जानकारी सामाजिक सञ्जालबाट दिएकी हुन्।

‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ,’ पोस्टमा उनले लेखेकी छन्।

रेखाले आफ्नी छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्।

रेखाले २०७८ सालमा बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्।

रेखा फिल्म ‘उपहार’ को प्रदर्शनको पर्खाइमा छिन्। यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायत कलाकारको अभिनय छ।


प्रकाशित मिति : २०८० फाल्गुन १३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार