‘रंगेली’ को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक (भिडिओ)


अर्जुन सुवेदी निर्देशित फिल्म ‘रंगेली’ को दोस्रो गीत सार्वजनिक भएको छ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘दुल्हा दुल्हन’ बोलको गीत सार्वजनिक गरिएको हो। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको विवाह समारोहमा भएको सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडिओमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ।

निशान भट्टराईको स्वर रहेको गीतमा सविन एकतारेको शब्द तथा सुशान्त गौतमको संगीत छ।

सुवेदीकै लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरूना मगर अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका छन्।

संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह–निर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन्।

यो फिल्म अमेरिकामा प्रिमियर हुने बताइएको छ। जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईं र युएनए इन्टरटेन्मेन्ट, अमेरिकामा एक्का बास्सा इन्टरटेन्मेन्ट र लाइभ एट प्रिजेन्ट तथा अस्ट्रेलियामा हट बिट्स इभेन्टसले फिल्म रिलिज गर्दैछन्।

यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ।


प्रकाशित मिति : २०८० माघ २९, सोमबार गते

धेरै पढिएको

ताजा समाचार