दक्ष जनशक्ति उत्पादनमा क्युटी केयर ब्युटी हबको फड्को: ‘गोल्डेन स्टार अवार्ड’ बाट सम्मानित


काठमाडौँ । नेपालको सौन्दर्य कला क्षेत्रमा दक्ष र आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालित क्युटी केयर ब्युटी हब ट्रेनिङ सेन्टर यतिबेला चर्चाको केन्द्रमा रहेको छ। व्यावसायिक तालिम र गुणस्तरीय शिक्षाका कारण यो संस्था दक्ष जनशक्ति उत्पादनमा अग्रपङ्क्तिमा आउन सफल भएको छ।

हालै आयोजित एक समारोहमा क्युटी केयर ब्युटी हबलाई यस क्षेत्रकै प्रतिष्ठित ‘गोल्डेन स्टार अवार्ड’ अन्तर्गत ‘उत्कृष्ट ब्युटी एकेडेमी’ को अवार्ड प्रदान गरिएको छ। यस एकेडेमीबाट दक्षता हासिल गरेका विद्यार्थीहरू हाल समाजका विभिन्न क्षेत्रमा सफल र उदाहरणीय व्यक्तिका रूपमा स्थापित भइरहेका छन्।

संस्थाकी सञ्चालिका एवं वरिष्ठ सौन्दर्यविद चन्दा पुन विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि प्रतिबद्ध देखिनुहुन्छ। उहाँ भन्नुहुन्छ:

“म मेरा विद्यार्थीहरूलाई केवल सीपयुक्त मात्र होइन, एक सक्षम, अनुशासित र आत्मनिर्भर नागरिक भएको हेर्न चाहन्छु। समयको खेर नफाली निरन्तर प्रयासमा लागिरहन म सबै विद्यार्थीहरूलाई आग्रह गर्दछु।”

विद्यार्थीहरूको मनोबल उच्च राख्न र उनीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न एकेडेमीले फेसन तथा श्रृङ्गार क्षेत्रका स्थापित व्यक्तित्वहरूलाई निम्त्याएर अनुभव आदानप्रदान गर्ने कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ। यस्ता गतिविधिले विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिर निस्किएर व्यावहारिक रूपमा काम सिक्न र प्रोत्साहन मिल्ने विश्वास पुनको रहेको छ।

वरिष्ठ सौन्दर्यविद चन्दा पुनको नेतृत्वमा क्युटी केयरले केवल व्यवसाय मात्र नभई समाजका लागि रोल मोडल उत्पादन गर्ने थलोको रूपमा आफ्नो पहिचान बनाएको छ। आगामी दिनमा पनि यस्तै गुणस्तरीय तालिममार्फत धेरैभन्दा धेरै महिला तथा युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्य संस्थाले लिएको छ।


प्रकाशित मिति : २०८३ बैशाख १४, सोमबार गते

धेरै पढिएको

ताजा समाचार