बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?


नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको मूल्य घटेको छ। शुक्रबार तोलामा तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार तोलामा पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार आठ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित मिति : २०८३ बैशाख ६, आईतवार गते

धेरै पढिएको

ताजा समाचार