विवादित व्यवसायीसँग गृहमन्त्रीको साझेदारीबारे सरकारले तत्काल स्पष्ट पार्नुपर्छ- लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन्।

भट्टसम्बद्ध स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात सार्वजनिक भएपछि उनले सोबारे तत्काल स्पष्ट पार्न सरकार, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वसँग माग गरेका हुन्।

सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चार माध्यममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने बताए।

‘त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोशिसन क्लियर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नु पर्छ,’ उनले भने।

लिङ्देनले देश ‘स्टन्ट’मा नचल्ने पनि बताए।

मैले अस्ती भर्खरै सञ्चार माध्यममा हेरिराखेको थिएँ, सामाजिक सञ्जालमा हेरिराखेको छु । म लाईसेन्स नविकरण गर्न गएको थिएँ। लाईसेन्स पाइन तर बाँढिरहेको छ भनेर स्टन्ट गरिएको छ । अब त्यस्तो स्टन्टले देश चल्दैन,’ उनले भने। अध्यक्ष लिङदेनले अनधिकृत रुपमा बनाइएको सडक छेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतंक फैलाएको भन्दै आक्रोश समेत व्यक्त गरे


प्रकाशित मिति : २०८३ बैशाख ७, सोमबार गते

धेरै पढिएको

ताजा समाचार