सुनको भाउ बढ्यो, चाँदी पनि महँगियो


स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला  २०० र चाँदी  १५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य  चार हजार ९७५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको चाँदी चार हजार ९६० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १५० र त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति : २०८२ चैत्र २९, आईतवार गते

धेरै पढिएको

ताजा समाचार