स्वार्थ बाझिने काम गरेको भन्दै श्रममन्त्रीलाई हटाउने तयारी


२६ चैत, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन् ।

साहको विगतदेखि नै विवादित छवि रहेको र  अहिले मन्त्री बनेपछि पनि शंकास्पद काममा संलग्न भएको छनक पाएपछि प्रधानमन्त्रीले हटाउने तयारी गरेका हुन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रममन्त्री साहका गतिविधि मन्त्रालयको स्वार्थसँग बाझिने खालको रहेको पाइएको छ ।

त्यसैले उनलाई हटाउने तयारी भएको हो । साह विगतमा एजुकेसन कन्सल्टेन्सीको विवादमा परेका  व्यक्ति थिए । मान्छेहरू विदेश पठाउने संस्थाहरूमा उहाँको संलग्नता रहेको तथ्यहरू आएका छन्, रातिको समयमा गएर भेटघाट गरेको सूचनाहरू पनि प्रधानमन्त्रीसमक्ष पुगेको छ स्रोतले भन्यो,’स्वार्थ बाझिने मन्त्रालयमा रहँन नमिल्ने भएकाले उनलाई हटाउने निर्णय हुनसक्छ ।

श्रममन्त्री साहकी श्रीमति जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्यको रुपमा बैठकमा सहभागी भएको विषय पनि अहिले विवादमा छ । स्वास्थ्य बीमा बोर्डको बैठकमा सहभागी भएकी थिइन् ।

जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डले लगातार ११ पटकसम्म बैठकमा अनुपस्थित रहेको भन्दै पदबाट हटाएको थियो । तर  अहिले उनी सदस्यको हैसयतामा बोर्ड बैठकमा सामेल भएकी छन् । 


प्रकाशित मिति : २०८२ चैत्र २६, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार