हुम्लामा खानेपानी अभाव, स्थानीयले घेरे जिल्ला प्रशासन कार्यालय


३ चैत, हुम्ला । खानेपानी अभाव चुलिएपछि हुम्लाको सदरमुकाम सिमकोटमा महिलाहरू आन्दोलित बनेका छन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालयको गेट बाहिर घेराउ गरेका हुन् ।

हप्तौंदेखि खानेपानीको अभाव भएपछि सम्बन्धित निकायालाई आग्रह गरेपनि सुनुवाइ नभएको गुनासो उनीहरूको थियो ।

स्थानीय गिता लामाका अनुसार, गाउँपालिकामा पटक पटक खानेपानीको समस्या समाधान आग्रह गरेपनि सुनुवाइ नभएको हो ।

अर्का स्थानीय उद्गम बुढा पनि खानेपानी समस्या भएपछि अरूको धारामा पानी भर्न जान बाध्य हुनपरेको गुनासो सुनाउँछन् । (हुम्लाबाट नरजन तामाङको सहयोगमा)


प्रकाशित मिति : २०८२ चैत्र ३, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार