पृथ्वी राजमार्ग दुर्घटनाप्रति ओलीको प्रतिक्रिया, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धादिङ दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरूप्रति श्रद्धान्जली दिँदै उहाँहरूको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ। पोखराबाट काठमाडौँ आउँदै गरेको बस गए राति धादिङको भैँसीगौंडा स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । ठुलो सङ्ख्यामा यात्रु घाइते छन् ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले लेख्नुभएको छ, “पोखराबाट काठमाडौँतर्फ यात्रा गरेको यात्रुबाहक बस धादिङको भैँसीगाडास्थित पृथ्वी राजमार्गमा मध्यराति दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ। दुर्घटनामा जीवन गुमाउनुभएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेशना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।


प्रकाशित मिति : २०८२ फाल्गुन ११, सोमबार गते

धेरै पढिएको

ताजा समाचार