क्रोएसियाको विश्वकपमा छनोट


क्रोएसियाले शुक्रवार फारो आइसल्यान्ड्सलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ का लागि स्थान पक्का गरेको छ। खेलमा पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो।

रियेकामा भएको खेलको १६ औं मिनेटमा गेझा डेविड टुरीको गोलमा फारोले अग्रता लियो। तर २३ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याए।

५७ औं मिनेटमा पेटार मुसाले नजिकैबाट गोल गर्दै क्रोएसियालाई अगाडि बढाए । मुसाको यो सन् २०२३ पछि पहिलो अन्तर्राष्ट्रिय खेल थियो। ७० औं मिनेटमा इभान पेरिसिचको क्रसमा निकोलाभ्लासिकले गोल गर्दै जित निश्चित गरे।

जितपछि डिफेन्डर ग्भार्डिओलले भने, ‘हामीले एक खेल बाँकी छँदै लक्ष्य पूरा गरेका छौँ। अब अन्तिम खेल पनि जित्ने लक्ष्यसहित मोन्टेनेग्रो जान्छौँ।’

यो जितसँगै क्रोएसिया समूह एलमा दोस्रो स्थानको चेक रिपब्लिक भन्दा ६ अंकले अगाडि छ।

युरोपियन विश्वकप छनोटमा शुक्रवारका अन्य नतिजा 

स्लोभाकिया १–० नर्दन आयरल्यान्ड

स्लोभाकियाले अन्तिमतर्फको निर्णायक गोलसँगै महत्वपूर्ण जित हात पार्‍यो। यस्तो परिणामले समूहको अन्तिम खेल अझै रोचक बनाएको छ।

जर्मनी २–० लक्जेमबर्ग

जर्मनीले सहज जित दियो। दोस्रो हाफमा गरिएको दुई गोल निर्णायक बने।

पोल्यान्ड १–१ नेदरल्याण्ड्स

दुवै टोलीले एक–एक गोल गर्दै खेल बराबरीमा सकाए। दुवैले एक–एक अंक बाँडे।

फिनल्यान्ड ०–१ माल्टा

माल्टाले ठूलो आश्चर्यजनक नतिजा निकाल्दै फिनल्यान्डलाई हरायो। यो दिनका यात्राेचक परिणाममध्ये एक मानिएको छ।

जिब्राल्टर १–२ मण्टेनेग्रो

मण्टेनेग्रोले २–१ को जित निकाल्दै महत्वपूर्ण तीन अंक हासिल गर्‍यो।


प्रकाशित मिति : २०८२ कार्तिक ३०, शनिबार गते

धेरै पढिएको

ताजा समाचार