लुम्बिनी लायन्समा नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि अष्ट्रेलियाका डार्शी शर्ट अनुबन्ध


लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि अष्ट्रेलियाका डार्शी शर्टलाई अनुबन्ध गरेको छ।

डार्शीले अष्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टि ट्वान्टी आई र ओडिआई खेलेका थिए । बाँयाहाते ओपनिङ ब्याटर डार्शीसंग भारतीय प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ ।

३५ वर्षीय डार्शीको आगमनले लुम्बिनीको ब्याटिङ लाइन थप मजबुत हुने अपेक्षा रहेको क्लबले आज विज्ञप्ति मार्फत जनाएको छ । ८ टोलीको सहभागितामा एनपिएलको दोस्रो संस्करण मंसिर १ गते सुरु हुनेछ।


प्रकाशित मिति : २०८२ कार्तिक १, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार