मुंबई इन्डियन्स र दिल्ली क्यापिटल्स दुबैको लागि इन्डियन प्रिमियर लिग (आइपिएल) को आजको खेल महत्वपूर्ण रहेको छ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
आइपिएल २०२५ पुनः सुरु भएको पाँचौं दिन मुंबई मैदानमा उत्रिनेछ । मे ६ मा गुजरात टाइटन्स (GT) सँगको अन्तिम खेलपछिको दुई हप्ताभन्दा लामो अन्तरालपछि मुम्बई खल्दैछ ।
प्ले अफमा पुग्नका लागि दुबैका लागि आजको खेलको नतिजा अर्थपूर्ण छ। मुम्बई १४ अंकसहित चौथो र दिल्ली १३ अंक लिएर पाँचौं स्थानमा छ।
गुजरात (१८), समान १७ अंक जोडेका रोयल च्यालेन्जर्स बैगलुरु र पन्जाब किंग्स प्ले अफमा पुगिसकेका छन् । छनोट हुने बाँकी अन्तिम टोलीका लागि मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा छ।
मुंबईले आज दिल्ली लाई हरायो प्लेअफमा प्रवेश गर्नेछ । तर यदि पराजित भएमा, त्यसपछि बाँकी २ खेलको नतिजामा निर्भर हुनुपर्नेछ। पहिलो दिल्लीको पञ्जाबसँगको खेल र त्यसपछि मुंबईको पञ्जाबसँगको अन्तिम खेल कुर्नुपर्ने छ ।
यद्यपि मुंबई को नेट रन रेट १.१५६ सबै टोलीको भन्दा उत्कृष्ट छ । पछिका खेलको नजिता कुर्नु भन्दा आजको जित नै टोलीको प्राथमिकतामा रहनेछ।
मुंबई दिल्लीसँग सिजनको निर्णायक चरणमा भिड्दैछ। टोलीले पछिल्लो खेलमा साँघुरो हार ब्यहोरेको थियो।
दिल्लीले प्लेअफमा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने छ।
आज हारेमा दिल्ली प्रतियोगिताबाट बाहिरिनेछन्। यदि आज जित्यो तर अन्तिम खेल हार्यो भने मुंबईको हारको आशामा बस्नुपर्नेछ। पछिल्ला ५ मध्ये ४ खेल गुमाएको र अब मिचेल स्टार्क अनुपस्थित भएको अवस्थामा दिल्लीका लागि यो काम सहज छैन।
जसप्रीत बुमराह को चोटबाट फर्किएपछि मुंबईको बलिङ आक्रमणमा परिवर्तन देखिएको छ। उनले पावरप्ले, मिडल ओभर र डेथ ओभर सबै चरणमा बलिङ गर्दै आएका छन् । बुमराह नभएको सुरुवाती ३ खेलमा मुंबईको डेथ ओभर इकोनोमी रेट ११.१८ थियो ।
दिल्लीका लागि केएल राहुल महत्वपूर्ण खेलाडीका रुपमा हेरिएको छ । पछिल्लो खेलमा नटआउट शतक प्रहार गरेका थिए। वानखेडेमा भएको आपिएलमा उनको औसत ६३.४० छ।
मुंबईविरुद्ध त उनी अझ घातक देखिएका छन् । औसत ७४.२३, स्ट्राइक रेट १३५.१५ सहित ६ अर्धशतक र ३ शतक पूरा गरेका छन्।

