जनकपुरधाम, बैशाख ३१ – “डिजिटल मधेश सम्मेलन २०२५” को अवसरमा काठमाडौं महानगरपालिकाको सिटी प्लानिङ्ग कमिसनका सदस्य श्री शैलेन्द्र झा प्रस्तुतकर्ता हुने भएका छन्। सम्मेलनमा उहाँले “डिजिटल तथा सीपमा आधारित शिक्षामा मधेशमा देखिएका चुनौतीहरू र समाधान” विषयमा एक लाइटनिङ्ग प्रजेन्टेसन प्रस्तुत गर्नुहुनेछ।
“डिजिटलाइजेसन र विकास प्रवर्द्धन” भन्ने मूल नारासहित सञ्चालन हुने यो कार्यक्रम मधेश प्रदेशको गृह मन्त्रालय, सञ्चार तथा कानून मन्त्रालयद्वारा आयोजित गरिएको हो। साथै, ICT फाउन्डेशन नेपाल र CNN फेडेरेसन मधेश प्रदेशद्वारा सह-आयोजन गरिएको छ।
कार्यक्रम २०८२ साल बैशाख ३१ गते (१४ मे, २०२५) का दिन हुने बताइएको छ। डिजिटल क्षेत्रमा नयाँ सम्भावनाहरूको खोजी र प्रदेशको समग्र विकासमा डिजिटल सशक्तिकरणको भूमिका सम्बन्धी विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
थप जानकारीका लागि: www.madhesh.digital

