शिक्षकहरूको माइतीघर-बानेश्वर प्रदर्शनको आठौं दिन (तस्बिरहरू)


शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन आठौं दिनमा पनि जारी छ।

चैत २० गतेदेखि माइतीघरमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म शिक्षकहरूले प्रदर्शन गर्दै आइरहेका छन्।

सरकारले दुई पटकसम्म वार्तामा बोलाउँदा शिक्षक महासंघले वार्तालाई अस्वीकार गर्दै आइरहेको छ।

आन्दोलित शिक्षकहरूले अघिल्लो वर्षको असोजमा नै वार्ता भइसकेको र सो वार्ताको सहमति कार्यान्वयन हुनुपर्ने माग गर्दै आइरहेको छ।

सरकारले यसअघि गरेको सहमति कार्यान्वयनका लागि विद्यालय  शिक्षा ऐन ल्याउने तयारी गरेको छ। संसद अहिले बन्द भएकाले उक्त विधेयक उपसमितिमा छलफल भइरहेको छ।

महासंघले भने शिक्षकहरू आन्दोलनमै रहँदा विधेयकलाई संसदमा छलफल नगरेको र अधिवेशन नै अन्त्य गरेका कारण सहमति कार्यान्वयनका लागि सरकार तयार नभएको बताउँदै आएको छ।

महासंघले अहिले प्रदर्शनमा पनि दैनिक फरक-फरक उपाय अपनाइरहेको छ।

बुधबार माइतीघरदेखि बबरमहलसम्म हात उठाएर प्रदर्शन गरेका छन्। यसअघि सिट्ठी फुकेर, कालो मास्क लगाएर प्रदर्शन गरेका थिए।

तस्बिरहरूः 

माइतीघर-बानेश्वर सडकमा शिक्षकहरूको सिठी जुलुस (तस्वीरहरू) « NagarikTimes :  National News Portal From KathmanduMay be an image of 12 people


प्रकाशित मिति : २०८१ चैत्र २६, बुधबार गते

धेरै पढिएको

ताजा समाचार