यु १९ महिला विश्व कप – नेपाल र मलेसिया खेल्दै


मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले आजको खेलमा घरेलु टोलीको सामना गर्दैछ ।

विश्व कपको १३औं देखि १६औं स्थानका लागि हुने प्लेअफ खेल नेपाली समय अनुसार मध्यान्ह १२ः१५ मा सुरु हुदैछ । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए ।

पहिलो पटक विश्व कप खेलिरहेका दुवै देश पहिलो जितको खोजीमा रहेका छन् ।

विश्व कपको समूह डी मा रहेको नेपालले स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो । उता, मलेसिया भने भारत, श्रीलंका र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।

मलेसिया र नेपाल यु १९ सन् २०२३ विश्व कपको एसिया छनोटमा एक पटक आमने सामने भएका छन् । यस भेटमा नेपाल यु १९ २५ रनले विजयी भएको थियो ।


प्रकाशित मिति : २०८१ माघ ११, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार