काठमाडौंको ह्याम्स अस्पतालले घाउ नबनाइन इण्डोस्कोपीद्वारा गरिने ‘पोइम’ प्रविधिको शुरुवात


काठमाडौं, आशिष लामीछाने  – काठमाडौंको ह्याम्स अस्पतालले घाउ नबनाइन इण्डोस्कोपीद्वारा गरिने ‘पोइम’ प्रविधिको शुरुवात गरेको छ ।

अस्पतालले तीन जना बिरामीलाई नेपाली चिकित्सकद्वारा मुलुकमै पहिलो पटक सम्पन्न इण्डोस्कोपी शल्यक्रिया सेवा दिएर ‘पोइम’ प्रविधिको शुरुवात गरेको हो । पौष १ गते सम्पन्न उक्त सेवा अस्पतालले बिरामीलाई निःशुल्क रुपमा प्रदान गरेको हो ।

यो शल्यक्रिया यसअघि वीर अस्पताल सम्पन्न गरिएको भने पनि त्यसबेला अन्तर्राष्ट्रिय चिकित्सक नेपाल आएर सम्पन्न गरेको अस्पतालको दाबी छ । ‘त्यसबेला विदेशी चिकित्सकहरु नेपाल आएर सो शल्यक्रिया गरेपनि नेपालकै चिकित्सकले यही सम्पन्न गरेको सम्भवतः यो पहिलो ‘पोइम’ प्रविधिको शल्यक्रिया हो’, ग्यास्ट्रोइन्टोरोलोजिष्ट डा। नन्दु पौडेल सिलवालले भने ।

डा। विवेक कुमार पुर्वेको नेतृत्व तथा भारतका म्यास सुपर स्पेशालिटी अस्पतालका प्रमुख ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा। विकास सिंगलको निगरानीमा भएको शल्यक्रियामा ग्यास्ट्रोइन्टोरोलोजिष्ट सिलवालसहित डा। अजित खनाल तथा एनेस्थेसियोलोजीद्वय डो मुरारी राज उप्रेती तथा डा. सुरज लामिछानेलगायतको टोली खटेका थिए ।

खाना एवम् तर पदार्थ निल्न नसकिने र गाहृो हुने यस किसिमको समस्या विश्वभरी करिव १ लाख मध्ये १ जनालाई देखिने तथ्यांक भएपनि यो समस्याका बिरामी अझै बढी हुनसक्ने अस्पतालका मेडिकल निर्देशक डा. सविन कोइरालाले बताए ।

यसअघि उक्त रोगको स्थायी उपचार शल्यक्रियाबाट मात्रै हुने गरेकोमा अब भने घाउ नबनाइन उपचार गर्न सम्भव भएको कोइरालाको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका निर्देश आरएस भण्डारीले भनेबिरामीको आवश्यकता अनुसार ह्याम्सले यो सेवा अब निरन्तर रुपमा प्रदान गर्ने जनाए ।

खानाको नलीमा हुने रोगका कारण तौल घट्ने, खोकी लागिरहने लगाएका विभिन्न शारीरिक तथा मानसिक समस्या समेत हुने गरेको चिकित्सकहरुको भनाई छ ।


प्रकाशित मिति : २०८१ पुष ८, सोमबार गते

धेरै पढिएको

ताजा समाचार