सिरहा, धनगढीमाई – गोबरका गुँइठा जलाउँदा र कृषि रसायनको अत्यधिक प्रयोगले वातावरण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे स्थानीय समुदायलाई जागरूक बनाउन “गोबरका गुँइठा जलाउने र कृषि रसायनको प्रयोगको असरबारे चेतना अभिवृद्धि कार्यक्रम” सिरहाको धनगढीमाई नगरपालिका-१२ मा भोलि आयोजना हुदै छ।
कार्यक्रम मिति: २०२४ डिसेम्बर २०
स्थान: धनगढीमाई नगरपालिका-१२, सिरहा
समय: दिउँसो २:०० बजेदेखि
कार्यक्रममा स्थानीय किसान, युवाहरू, र सरोकारवालाको सक्रिय सहभागिता हुनेछ। “गोइठा जलाउन छोड, प्राकृतिक खेती अपनाउ!” र “कृषि रसायनसँग सतर्क बनू, धरती आर स्वास्थ्य बचाउ!” जस्ता नाराहरूमार्फत प्राकृतिक खेतीको महत्व र वातावरणमैत्री अभ्यासहरूबारे जानकारी दिइनेछ।
कार्यक्रम CARE Nepal र राष्ट्रिय कृषक समूह महासंघ (NFGF) को सहयोगमा भोलि हुने छ । यसमा Green Rangers Earth र मधेश प्रदेश युवा जलवायु परिवर्तन परिषद (MPYCCC) ले प्राविधिक सहयोग पुर्याएको हो । “We For Nature” संस्थाले कार्यक्रमको आयोजना गरी स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा प्रभावकारी सन्देश प्रवाह गर्न सकिने भनिएको छ।
NFGF का वरिष्ठ कार्यक्रम अधिकृत निर्मल धमलाले भन्नुभयो :
“दिगो विकास र जैविक खेतीमा आधारित प्रणालीलाई बढावा दिन सामुदायिक स्तरबाटै जागरूकता अभियानहरू आवश्यक छन्। किसानहरूले वातावरणमैत्री अभ्यास अंगाले भने मात्रै भविष्यका पुस्ताका लागि स्वस्थ जीवन र दिगो विकास सम्भव छ।”
कार्यक्रमको उद्देश्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै दिगो कृषि अभ्यासलाई प्रोत्साहन गर्नु र वातावरणीय प्रदूषण कम गर्ने उपायहरूबारे समुदायमा चेतना फैलाउनु रहेको छ।
अन्तमा, आयोजकहरूले सबैलाई गोइठा र कृषि रसायनको प्रयोग घटाउन र जैविक तथा दिगो खेतीतर्फ उन्मुख हुन आग्रह गरेका छन्।


