वैभव सुर्यवंशी बने २०२४ को इण्डियन प्रिमियर लिग(आइपिएल) को कान्छो खेलाडी


वैभव सुर्यवंशी इण्डियन प्रिमियर लिग(आइपिएल) को जारी अक्सनमा राजस्थान रोयल्समा अनुबन्ध भएका छन् ।

जारी २०२५ को आइपिएलको मेगा अक्सनको दोस्रो दिनमा १३ वर्षीय क्रिकेटर बिक्री भएका हुन् । अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारतीय रुपैयाँमा (१ करोड ७६ लाख नेपाली रुपैयाँ) विक्री भए ।

बैभवका लागि राजस्थान र दिल्ली क्यापिटल्सले बिडिङ गरेका थिए । तर, अन्तमा उनी राजस्थानमा अनुबन्ध हुन पुगे ।

राजस्थानले १३ वर्षका वैभवलाई १ करोड बढीमा खरिद गर्‍यो - सिएन नेपाल ::  Canada Nepal

वैभवले १२ वर्षको उमेरमा विहारबाट रणजी ट्रफीमा डेब्यु गरेका थिए । उनको चर्चा त्यसयता चुलिएको थियो । उनी सन् २०२३ मा भारतको भारत यू१९ को बी टोलीबाट पनि खेलेका थिए । उनले त्यसबेला ६ खेलमा १ सय ७७ रन जोड्ने क्रममा २ अर्धशतक प्रहार गरेका थिए ।

उनले सेप्टेम्बर २०२४ मा भारत यू१९ बाट अष्ट्रेलिया यू१९ विरुद्ध टेस्ट पनि खेले । उनले त्यस खेलमा ५८ बलमा शतक बनाएर १ सय ४ रनमा रनआउट भएका थिए ।


प्रकाशित मिति : २०८१ मंसिर ११, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार