नेपालद्वारा बंगलादेशमा बिजुली निर्यातको सुरूवात


नेपालले बंगलादेशमा बिजुली निर्यात सुरू गरेको छ।

शुक्रबार (आज) देखि विद्युत निर्यात सुरू भएको हो।

ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट बंगलादेश विद्युत निर्यातको औपचारिक सुरू गरेका हुन्।

शुक्रबार ४० मेगावाटबाट सुरू हुने निर्यात आगामी वर्षको जुन महिनाबाट नियमित निर्यात गर्ने प्राधिकरणको तयारी छ।


प्रकाशित मिति : २०८१ कार्तिक ३०, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार