चाडबाड मनाएर काठमाडौं फर्कनेको भिड


दसैं, तिहार र छठ मनाउन गएकाहरू काठमाडौं फर्किन थालेका छन्।

चाडबाड मनाउन गएकाहरू चाडबाड सकिएसँगै काठमाडौं फर्किन थालेका हुन्।

हिजो आज राजधानी फर्किनेको चाप ले काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा भिड लाग्न थालेको छ।

ट्राफिक  प्रहरीका अनुसार  चाडपर्व मनाउन काठमाडौं छाडेकाहरुमध्य शुक्रबारसम्म ९० प्रतिशत काठमाडौं  भित्रिसकेका छन्।

यसपालि  बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अघिल्लो वर्षको तुलनामा कम मान्छे ले राजधानी छाडेका थिए।


प्रकाशित मिति : २०८१ कार्तिक २४, शनिबार गते

धेरै पढिएको

ताजा समाचार