पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक


नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले बिहीवार कार्यक्रम गर्दै गण्डकी गीत सार्वजनिक गरेको छ ।

सोही अवसरमा टोलीका कन्सल्ट्यान्ट एन्ड एडभाइजर दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सलाई स्वागत गरिएको थियो।

मंगलवार लोमान्थाङमा पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको भिडियो कार्यक्रम प्रस्तुत गरिएको थियो।

टोलीका मालिक सुवोध त्रिपाठीले ग्लोबल वार्मिङले पार्ने असरका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ लोमान्थाङमा जर्सी सार्वजनिक गरिएको बताइएका थिए ।

जोन्टीको सहभागितामा पोखरामा बिहीवार बिहान र्यालीको आयोजना गरिएको थियो। त्यहाँ स्वतस्फूर्त उपस्थिति रहेको त त्यसले पोखरामा क्रिकेटको लोकप्रियता बढ्ने सम्भावना देखिएको त्रिपाठीले बताएका थिए।

जोन्टीले नेपाली क्रिकेट उचाई तर्फ अघि बढिरहेको बताएका थिए । उनले भने, ‘ नेपालको क्रिकेट माहोलबाट आफू उत्साहित रहेको र एनपिएलको सुरुवातका लागि प्रतिक्षारत रहेकोछु ।

पोखरा एभेन्जर्सका सहायक प्रशिक्षक रिजन पारु गण्डकी गीत र ब्रान्ड एम्बेसडर सन्दीप क्षेत्रीले पोखरा एभेन्जर्सको गीत सार्वजनिक गरेका थिए।

पोखरा एभेन्जर्ससँग जोडिन पाउँदा खुसी लागेको क्षेत्रीले बताए । कार्यक्रममा टोली मार्की खेलाडी कुशल भुर्तेलसहित अन्य खेलाडी प्रस्तुत भएका थिए।

पोखरा एभेन्जर्स टिम

कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्र्देश गौस, बास डि लिडे, एन्डरसन फिलिप र म्याट क्रिचली


प्रकाशित मिति : २०८१ कार्तिक २३, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार