आइपिएल २०२५ का लागि नेपाली खेलाडीले रजिस्ट्रेसन गराएनन


इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ का लागि नेपाली खेलाडीले रजिस्ट्रेसन गरेका छैनन् ।

आइपिएलले मंगलवार जारी गरेको रजिस्ट्रेसन खेलाडीको सुचीमा नेपाली खेलाडीको सहभागिता छैन । सुचीमा एसोसिएट राष्ट्रका ३० खेलाडीको नाम समावेश छैन ।

सोमवारसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा कुल १ हजार ५ सय ७४ खेलाडीले आफुलाई सुचीकृत गरेका हुन् । जसमा सबैभन्दा धेरै भारतबाट १ हजार १ सय ६५ तथा विदेशी खेलाडीमा ४ सय ९ खेलाडीले आफ्नो नाम दर्ता गरेका छन् ।

एसोसिएटतर्फ नेदरल्यान्ड्सका सर्वाधिक १२, अमेरिकाका १०, क्यानडाका ४, स्कटल्याण्डका २ तथा युएई र क्यानडाका समान १ खेलाडीले आफ्नो नाम दर्ता गरेका छन् ।

आइपिएल २०२५ का लागि मेगा अक्सन आगामी मंसिर ९ र १० गते साउदी अरेबियामा हुँदैछ ।


प्रकाशित मिति : २०८१ कार्तिक २१, बुधबार गते

धेरै पढिएको

ताजा समाचार