भिक्टर ग्योकेरेसको ह्याट्रिकले सिपीलाई म्यानचेस्टर सिटीमाथि ऐतिहासिक ४-१ को जित दिलायो


नर्वेली फरवार्ड एर्लिङ हालाण्ड चल्न नसक्दा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो हार बेहोरेको छ ।

पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग सिटी मंगलवार ४-१ ले पराजित भएको हो । घरेलु मैदानमा सिपीलाई जित दिलाउन भिक्टर ग्योकेरेसले ह्याट्रिक र अर्को गोल अराजोले गरे । सिटीका लागि फिल फोडेनले गोल गरे ।

चौथो मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता लियो । ३८औं मिनेटमा सिपीका ग्योकेरेसले गोल गर्दै खेल बराबरीमा ल्याए । ४६औं मिनेटमा अराजोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

May be an image of 5 people, people playing soccer, people playing football and text

४९औं र ८१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ग्योकेरेसले आफ्नाे ह्याट्रिक पूरा गरे । सिटी लगातार तेस्रो खेलमा पराजित भएको हो । सिटी कारबाओ कपमा टोटेनहम‌ र गत साता प्रिमियर लिगमा बोर्नमाउथसँग हारेको थियो।

४ खेलबाट १० अंक पुर्‍याएको सिपी दोस्रो स्थानमा उक्लिएको छ । सिटी समान खेलमा ७ अंकसहित छैटौं स्थानमा छ।


प्रकाशित मिति : २०८१ कार्तिक २१, बुधबार गते

धेरै पढिएको

ताजा समाचार