प्रिमियम दुल्ला


आशिष लामिछाने , रौतहट, अशोज १३:

प्रिमियम दुल्ला

दश लाखको पुँजी जुटाएर तिन भाई, अनि अभिन्न मित्रले करिव ६ बर्ष अगाडीे दुल्ला शुरु गरेका थिए । दुल्ला लेदर फेसन एक्सेसोरीजको प्रिमियम ब्राण्ड बन्नेमा संस्थापक त्रय अल्ताफ रहमान, फैयाज अलि र ताहिर अहमद सुनिश्चित त थिए तर यती चाँडै ब्राण्ड बनिहाल्ला, आम नेपाली उपभोक्ताले पत्याइहाल्लान् भन्ने चाहिँ उनीहरुमा उत्तिसाह्रो थिएन ।
जुत्ताका सौखिन अल्ताफ रहमान, नेपाली स्थानिय ब्राण्ड प्रति लालायित भएपनि यसको डिजाईन, मेकिङ् र फिनिसिङ्मा कतिपनि सन्तुष्ट थिएनन् । त्यसैले उनले यसमा मार्केट ग्याप देखे अनि उद्योग खोल्न कम्मर कसे । जुत्ताको उत्पादनबाट शुरु गरिएको दुल्ला आज लेडिज ह्याण्ड ब्याग, ब्याग प्याक, वालेट, पर्स, वेल्ट तथा अन्य धेरै लेदर एक्सेसोरीज् उत्पादन गर्न थालिसकेको छ ।

कसरी बन्यो प्रिमियम
दुल्लाले आफ्नो स्थापनाको पहिलो दिनबाटै आफ्ना उत्पादनको गुणस्तरीयतालाई पहिलो प्राथमिकतामा राखेको छ । दुल्लाले डिजाईन, कच्चा पदार्थको छनौट, उत्कृष्ठ सिलाई र प्रिमियम एक्सेसोरीजको प्रयोगलाई निःशर्त राख्नाले दुल्लाका सबै उत्पादनमा गुणस्तरीयताको सुनिश्चितता कायम हुन सफल भएको देखिन्छ ।
दुल्ला टिमले ब्याग होस् या जुत्ता, डिजाईन छनौटमा निक्कै मिहेनत गर्ने गरेको छ । बजारमा चलेका, टे«ण्डमा रहेका डिजाईनको सट्टामा भद्र, ब्यावहारीक डिजाईनलाई रोज्ने गरेको छ भने आफ्ना उत्पादनहरुमा विश्व बजारका लक्जरी फेसन ब्राण्डले आबलम्बन गरेको डिजाईन ल्याङ्ग्वेज पछ्याउँदा दुल्लाका उत्पादनहरु प्रिमियम बन्न सफल भएका हुन् । जसलाई दुल्लाका अनुभवी क्राफ्टम्यानले हातैले हरेक उत्पादनहरु आफ्नै उद्योगमा तयार पार्छन् ।

कच्चा पदार्थको छनौट
दुल्लाले उत्पादन गर्ने सम्पूर्ण सामाग्रीका कच्चा पदार्थ विभिन्न देशबाट आयात गरिन्छ । छनौट गरिएको डिजाईन र उत्पादन सुहाउँदो छाला, फेब्रिक तथा विभिन्न किसिमका एक्सेसोरीज्को सही छनौट दुल्लाको गुणस्तरीयताको अर्को आधारशिला बन्छ । मुख्यतया भारत र चीनबाट आउने यस्ता सामाग्रीको गुणस्तरको सुनिश्चितता र छनौट अल्ताफ आँफैले गर्छन् ।

उत्पादन
दुल्लाका हरेक क्राफ्म्यानहरु दशकौंको अनुभवले खारिएका छन् । हरेक उत्पादनको डिजाईन अनुसारको कटिङ् होस्, या स्टिचिङ् त्यही लामो अनुभवका आधारमा सटिक र परफेक्ट बन्नेगर्छ । यसमा दुल्लाले कुनै सम्झौता गर्दैन । उत्पादन प्रकृयमा भएका साना त्रुटी तुरुन्त सच्याईन्छ भने सच्याउन नसकिने त्रुटीहरु भएका उत्पादनलाई उद्योगमा तुरुन्तै रिसाईकल गरिन्छ, गुणस्तरको मापदण्ड पुरा नगरेका उत्पादन सोरुम र उपभोक्तासम्म पुग्दैनन् ।
दुल्लाले नेपालको आवश्यकता, नेपालीको चाहना र उपभोक्ताको क्रयशक्ति समेतलाई ध्यानमा राखेर आफ्ना सामाग्रीहरु उत्पादन गर्ने भएकाले अत्याधुनिक मेशिनरीको सट्टामा प्रिमियम ह्याण्डक्राफ्टमा विश्वास राख्ने गरेको छ । उत्पादन प्रकृयालाई सहजता तुल्याउने मेशिनरी, इक्विपमेन्ट र प्रविधिको प्रयोग भने दुल्लाले गर्दै आएको छ ।
बजारको माग बढ्दै गएकाले दुल्लाले बजारको माग अनुसार आपूर्ती नियमीत गराउनकै लागि जुत्ताको उत्पादन भने तेश्रो पक्षसँग गराउन हालै शुरु गरेको छ । डिजाईन र उत्पादनलाई थप प्रिमियम बनाउँदै उत्पादन क्षमता समेत उल्लेख्य रुपमा बढाउने दुल्लाको रणनीति अनुसार हाल दुल्लाका केही जुत्ताहरु भने भारतमा उत्पादन गरिन थालेको छ । यसले जुत्ताको गुणस्तर अभिबृद्धि भएको छ भने मूल्य पनि किफायती हुने दुल्लाले विश्वास लिएको छ । तर, यसरी भारतमा गरिने उत्पादनमा समेत दुल्ला टिमले गुणस्तर मापदण्डको पालना गराउने र नियन्त्रण गर्नेगर्छ ।

विक्री कक्ष
दुल्ला, आफ्नो शुरुवात देखी नै कमलपोखरी स्थित फ्याक्ट्री आउटलेट बाट विक्री वितरण गर्दै आएको छ । यद्धपी आजको डिजिटल युगमा दुल्लाका उत्पादन पचास प्रतिशत भन्दा बढी डिजिटल माध्यमबाट विक्री वितरण हुँदै आएका छन् । दुल्लाका अधिकांस ग्राहक दुल्लाको इन्स्टाग्राम र फेसबुकबाट जोडिंदै आएका छन् भने दुल्लाले डेलिभरी आँफैले गर्दै आएको छ । दुल्लाले काठमाडौं उपत्यका तथा विक्री कक्ष भएका शहरहरुमा सेम डे डेलिभरी गर्दै आएको छ ।
ग्राहकले दुल्लाका उत्पादन ग्राहकल ट्राई एण्ड बाई गर्न सक्छन् । अर्थात घरमा मगाएर आफूले मगाएको उत्पादन मन परेन भने त्यसलाई तत्कालै रिर्टन वा एक्सचेन्जको लागि अनुरोध गर्नसक्छन् । यसले दुल्ला ग्राहक सन्तुष्टि सर्बोपरी हो भन्नेमा विश्वास गर्ने प्रष्ट हुन्छ ।
दुल्लाले आगामी दिनमा आफूलाई तिब्र रुपले विस्तार गर्ने रणनीति लिएको छ । अहिले कमलपोखरी बाहेक बुटवल, चितवन, धरान, दमक र पोखरामा दुल्लाका विक्री कक्षहरु संचालनमा रहेका छन् भने दुल्लाका फ्रेन्चाइजी स्टोर तथा आफ्नै थुप्रै फ्ल्यासिप स्टोर आगामी दिनमा थप्दै लाने रणनीति कम्पनीले लिएको छ ।


दुल्ला जति प्रिमियम बन्न सक्यो यसको भविष्य त्यति सुनिश्चित छ । यो दुल्ला टिमले राम्रोसँग बुझेको मात्र होईन ब्याबहारीक रुपमै उपयोगमा ल्याएको छ । आफ्ना हरेक उत्पादनलाई प्रिमियम बनाउन दुल्लाले कुनै कसर बाँकी राखेको छैन ।


प्रकाशित मिति : २०८१ आश्विन १३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार