बाढी प्रभावित थलोमा स्वास्थ्य सेवा दिँदै सरिशा र त्रिशला


काठमाडौं । पूर्वमिस नेपाल अर्थ सरिशा श्रेष्ठ र गायिका त्रिशला गुरुङले भोटेकोशी बाढी प्रभावित नुवाकोटका विभिन्न ठाउँमा पुगेर पीडितको स्वास्थ्य जाँच गरेका छन् भने चिकित्सकीय सामग्री वितरण गरेका छन् ।

सरिशा र त्रिशाला दुवै डाक्टर हुन् । सरिशा एमबीबीएस एमपीएचका विद्यार्थी हुन् भने त्रिशला एमबीबीएस डाक्टर हुन् ।

उनीहरूले नुवाकोटको बोलकोटगढीमा ३०० जना पीडितको स्वाथ्य परीक्षण गरेका छन् । त्यहाँ रहेका ४ जना होल्डिङ सेन्टरका राखिएका प्रभावितको स्वास्थ्य जाँचिएको सरिशाले बताइन् । ती होल्डिङमा ३५ जना विस्थापित परिवार राखिएको छ ।

सरिशासँग ८ जना डाक्टरको टोली प्रभावित थलोमा पुगेको हो । साथै, प्रभावित थलोहरू गेर्खुटार र बट्टारमा १५ जना स्वास्थ्यकर्मीको टोलीले पनि पीडितको स्वास्थ्य परीक्षण गरेको थियो ।

साथै, महिला र बालबालिकालाई स्यानिटरी प्याड, स्यानिटरी गार्मेन्ट, सर्वोत्तम लिटो, हाइजिन किटहरू टुथपेस्ट, जीवनजल, साबुन लगायतका सामग्री पनि वितरण गरिएको छ ।

साथै, बाढीले धेरैजनाको नियमित सेवन गर्ने औषधि पनि बगाएपछि त्यस्ता पनि औषधि पनि बाँडिएको सरिशाले बताइन् । साथै, चाँडै रसुवाको तुप्चे, ढुंगे र अर्को एक ठाउँमा नियमितरुपमा स्वास्थ्य शिविर संचालन गरिने जानकारी पनि उनले दिइन् ।

‘बाढीपछि पुनस्र्थापना र पुननिर्माणसँगै नियमित स्वास्थ्य शिविर पनि गर्नु आवश्यक छ किनभने हामीले एन्जाइटीका केसहरू पनि देख्यौं’ उनले भनिन् ।


प्रकाशित मिति : २०८३ भाद्र १८, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार