बसको ठक्करबाट खैरहनीमा पैदलयात्रीको मृत्यु


नारायणगढ, साउन २५ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनीमा आइतबार राति बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–१, शाहीचोकमा राति करिब २ः३० बजे महोत्तरीबाट काठमाडौँ जाँदै गरेको बा ३ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृतक करिब ३०–३५ वर्ष उमेरका पुरुष रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न बस र चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ बस्ने ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।


प्रकाशित मिति : २०८३ श्रावण २५, सोमबार गते

धेरै पढिएको

ताजा समाचार