सुर्खेत । दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता, निरन्तरता तथा दिगोपना घोषणा भएको छ । आइतबार एक कार्यक्रमकाबिच उक्त घोषणा गरिएको हो ।
जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिहरू र कर्णालीका सामाजिक विकासमन्त्रीकोे प्रमुख आतिथ्यतामा घोषणा सभा गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले खोपको दिगोपनाको लागि सरकार प्रतिबद्ध रहेको बताए । साथै, आगामी दिनमा थप सुदृढीकरण गरिने पनि बताइ ।
‘निकट दिनहरुमा दैलेख अस्पतालबाट मृगौला डायलासिस सेवा शुभारम्भ हुने छ,’ भण्डारीले भने, ‘मृगौलाबाट पीडित नागरिकको उपचारमा सहजताका लागि दैलेख अस्पतालको स्तरोन्नतिमा ध्यान केन्द्रित भइरहेको छ ।’
यद्यपि निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित नतिजा दिन सकिएको छैन ।
तथापि आगामी दिनमा भौतिक संरचना निर्माण भईसेवा सुव्यवस्थित गर्नका लागि आफू प्रतिबद्ध रहेको भण्डारीले बताए ।

