रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय पदाधिकारी सङ्ख्या १९ सदस्यीय हुने भएको छ । विधान संशोधन गदै रास्वपाले वरिष्ठ नेतासहित १९ सदस्यीय पदाधिकारी बनाउने निर्णय बिहीबार बसेको सचिवालय बैठकले गरेको हो ।

विधान संशोधन गर्दै एक वरिष्ठ र एक जना सहमहामन्त्री थपेर १९ सदस्यीय बनाउने निर्णय भएको हो । यसअघि सहमहामन्त्री चार जना र वरिष्ठ नेताको व्यवस्था थिएन ।

सभापति १

वरिष्ठ नेता १

उपसभापति ३ (१ महिला)

महामन्त्री २

सहमहामन्त्री ५ (१ महिला)

प्रवक्ता १

सह प्रवक्ता ३ (१ महिला)

कोषाध्यक्ष १

सहकोषाध्यक्ष २ (१ महिला)

विपिन नेतृत्वको विधान संशोधन समितिले १६ जना मात्रै पदाधिकारी रहने प्रस्ताव गरेको थियो ।


प्रकाशित मिति : २०८३ असार ४, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार