मतदाता नामावली विधेयकमाथि राष्ट्रिय सभाको संशोधन प्रतिनिधिसभाबाट बहुमतले पारित


१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाबाट मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ ।

आइतबार साँझ बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकको संशोधनमाथि विचार गर्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबाट प्राप्त भएको संशोधन प्रतिनिधिसभामा प्रस्तुत गरेकी थिइन् ।

विपक्षी दलहरूको अवरोधबीच सभामुख अर्यालले उक्त संशोधन प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।


प्रकाशित मिति : २०८३ जेष्ठ १८, सोमबार गते

धेरै पढिएको

ताजा समाचार